म्याराथनमा २ हजार रोटरियन दौडदै

समाधान संवाददाता २०८० माघ २३ गते ११:२६

पोखरा ।
आगामी फागुन ५ गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजारभन्दा बढी रोटरियन दौडिने भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले सहयोग गर्ने भएको हो ।


सोमबार पोखरामा आयोजित कार्यक्रममा सहभागी भएका रोटरीयनहरुले आर्थिकदेखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता गरे । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजकसमेत हो ।
डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीकदेखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताए । उनले प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहीन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता गरे ।


उनले भने, ‘दौडनु स्वास्थ्यका लागि समेत उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दै छ । यो स्वास्थ्यलाई सबल बनाउने अभियानमा सबै रोटरियन जोडिनेछन् ।’ फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयन समेत म्याराथनमा सहभागी हुने जनाउँदै उनले रोटरियनहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वानसमेत गरे ।

Advertisement


रोरिरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले र एसिस्टेन्ट गर्भनर ईश्वर कर्माचार्यले म्याराथनसँग जोडिदा खुसी लागेको जनाए । रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता गरे ।


पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारिक निकायसँग जोडिँदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताए । रोटरीमार्फत जाँदासमेत अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान हुने उनले सुनाए ।

Advertisement


निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी ३ वर्षका लागि सुरुमा जोडिएको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुनः अर्को योगदान गरेकोमा खुसी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया