नेस्वहोमयु पोखरा ग्रान्डमा यमप्रसाद

समाधान संवाददाता २०८० माघ २४ गते ११:०९

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) होटल पोखरा ग्राण्ड पार्दी बिरौटा पोखरा १७ को विशेष अधिवेशन मंगलबार भएको छ ।


अधिवेशनले अग्रज ट्रेड युनियनकर्मी यमप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण गरेको नेस्वहोमयुका केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारीले जानकारी दिए । युनियनको उपाध्यक्षमा शुभलक्ष्मी गुरुङ, सचिव रामचन्द्र आचार्य, सहसचिव बमबहादुर बिष्ट र कोषाध्यक्ष तिलक शर्मा छन् ।


कमिटीका सदस्यमा हरि आचार्य, शिवलाल तिवारी, समर्पण भुजेल, कल्पना खतिवडा, विश्वमोहन लम्साल, सूर्य सिम्खडा, अम्बिका केसी, दीपेन्द्र कुँवर र सोवित गिरी छन् । कमिटीको सल्लाहकारमा शम्भु केसी र सन्तोष सिंह छन् ।

Advertisement


नेस्वहोमयुका केन्द्रीय अध्यक्ष तिवारीले पर्यटन क्षेत्रमा क्रियाशील युनियन होटलको एकमात्र आधिकारिक ट्रेड युनियन भएको बताए । उनले युनियन सामूहिक र संस्थागत रुपमा चल्ने जीवन्त संस्था भएको चर्चा गरे । उनले कुनै व्यक्तिको लहड युनियन नचल्ने उल्लेख गरे ।


उनले युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका पोखरा ग्रान्डका अध्यक्ष मनमोहन गायकले राजीनामा दिएर अन्य युनियनमा गएपछि विशेष अधिवेशन गरेको जानकारी दिए । उनले युनियनको नयाँ कमिटीले आगामी दिनमा गल्ती नदोहो¥याउने अपेक्षा गरे ।

Advertisement


जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले सीमित व्यक्ति पलायन हुँदैमा निरन्तर र जीवन्त चल्ने युनियनलाई असर नपर्ने तर्क गरे । उनले एकताबद्ध, संगठित र संयमित भएर श्रमिकको हक हितमा निरन्तर रुपमा काम गर्न सुझाव दिए । नेस्वहोमयुका केन्द्रीय सचिव बद्रीकुमार भण्डारीले विगत १८ वर्षदेखि एकछत्र रुपमा आधिकारिक ट्रेड यूनियनको रुपमा स्थापित युनियनले श्रमिकका सबै समस्या हल गर्ने बताए ।


विशेष अधिवेशनको उद्घाटन समारोहमा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य पम्फा पहारी, जिफन्ट प्रदेश कमिटी सदस्य बद्रिनाथ सुवेदी, नेस्वहोमयुका केन्द्रीय सदस्य केशवप्रसाद सापकोटा, यूनियन होटल पोखरा ग्रान्डका उपाध्यक्ष नीता मैनाली, सचिव रामचन्द्र आचार्य लगायतले पर्यटन क्षेत्रका श्रमिकका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया