सगरमाथा विद्यालयमा वार्षिक खेलकुद सुरु

समाधान संवाददाता २०८० माघ २४ गते १३:२१

पोखरा ।
पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवसीय वार्षिक खेलकुद सुरु भएको छ । विद्यालयका प्राचार्य दिलीप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटको स्कुलको नयाँ भवनमा कार्यक्रम सुरुआत गरे ।


उनले मानव स्वास्थ्यका लागि खेलकुद महत्पूर्ण भएको औंल्याए । विद्यालयले शिक्षासँगै खेलकुद र अनुशासनलाई महत्वका साथ राखेको बताउँदै उनले विद्याथीरुलाई खेल भावना अनुरुप खेल्न आग्रह गरे । स्वस्थ्य र अनुशासित नागरिक उत्पादन गर्न सकिए समाज र राष्ट्र पनि अनुशासित बन्ने उनको भनाइ छ ।


प्रतियोगितामा कक्षा १ देखि १० सम्मका झण्डै ४ सय विद्यार्थीले १ सय १७ स्वर्ण, १ सय १६ रजत र ५७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चेस तथा एथलेटिक्सतर्फ सटपुट, सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, रिले दौड लगायतका खेलमा प्रतिस्पर्धा हुने खेलकुद शिक्षक कृष्ण थापाले जनाए ।

Advertisement


अफिसियल सुरज पौडेलका अनुसार पहिलो दिनको खेल विद्यालय खेल मैदानमा, दोस्रो दिन गोस्ते घाट खेल मैदान, लामाचौरमा र समापन पोखरा रंगशालाभित्र गरिनेछ । समारोहमा विद्यार्थीले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया