सूर्यदर्शन सहकारीको गाडीमा संघर्ष समितिका संयोजकको रजाई !

सहकारीका अध्यक्ष थानबहादुर बुढा भाग्नु अघि गोप्य रुपमा लिखित सम्झौता, मासिक ९० हजार रुपैयामा भाडामा लगाईएको दावी

समाधान संवाददाता २०८० माघ २५ गते १०:१७

पाेखरा ।

पोखराका हजारौं बचतकर्ताको करोडौं रुपैया हिनामिना गरेको सूर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर एउटा नीजि कार चढेर हिड्थे । अध्यक्ष थानबहादुर फरार भएदेखि नै त्यो गाडी पनि वेपत्ता छ । सहकारीका एक सञ्चाकका अनुसार हुण्डाइ कम्पनीको रातो कलरको आई टेन गाडी सहकारी कै सम्पत्ति हो ।

सहकारीमा बचत गरेर आफ्नो रकम गुमाएका बचतकर्ताहरु अहिले सहकारीको लगानी कहाँ कहाँ छ र सम्पतिको दुरुपयोग ककसले गरेका छन् भन्दै खोजी गर्दै हिडेका छन् । त्यसै क्रममा गाडीको पनि खोजी भएको एक बचतकर्ताले समाधानलाई बताए ।

Advertisement

श्रोतका अनुसार बचतकर्ताको रकम फिर्ता गर्ने आन्दोलनको नेतृत्व गरेका अगुवाले नै त्यो गाडी लगेको थाहा पाएपछि ती बचतकर्ता अन्यौलमा परेका छन् । ‘हाम्रै पक्षमा आन्दोलन गर्छौ भन्नेले नै भित्री सम्झौता गरेर गाडी माथि कब्जा जमाएका रहेछन् ।’ ती बचतकर्ताले समाधानसँग भने, ‘आन्दोलनका अगुवा नै हामीलाई सडकमा देखाएर आफ्नो पैसा उठाउने ध्याउन्नामा रहेछन् ।’

श्रोतका अनुसार सूूर्य दर्शनका अध्यक्ष थानबहादुर बुढामगरले आफु फरार हुनु अघि सो आइटेन गाडी संघर्ष समितिका संयोजक किरण श्रेष्ठलाई बुझाएर भूमिगत भएका हुन् । एउटा कानुन व्यवसायीको कार्यालयमा बसेर गाडी लिने दिने लिखित सहमति समेत गरिएको छ । लिखित सहमति गराउने कार्यको अगुवाई काठमाण्डौंबाट आएका एक युवा मन्जित क्षेत्रीले गरेका थिए । क्षेत्री सो सम्झौतामा साक्षी समेत बसेका छन् ।

Advertisement

लिखतमा गाडीको मूल्य १५ लाख रुपैया तोकिएको छ । संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सो गाडी बुझेका छन् । समाधानसँग सम्पर्कमा आएका ती बचतकर्ताले बताए अनुसार गोप्य रुपमा गरिएको सो सम्झौताका बारेमा अन्य बचतकर्तालाई जानकारी दिइएको छैन् । संयोजक श्रेष्ठले सो गाडी मासिक ९० हजार रुपैयामा भाडामा लगाएको र त्यसको आम्दानी उनैले चलाएको दावी पनि ती बचतकर्ताले गरे ।


तपाईको प्रतिक्रिया