अनेमसंघको मुस्ताङ—कास्की सम्पर्क कमिटी

समाधान संवाददाता २०८० माघ २५ गते १२:५७

जोमसोम ।
पोखरामा अखिल नेपाल महिला संघको मुस्ताङ—कास्की सम्पर्क कमिटी गठन गरिएको छ । नेकपा (एमाले) निकट जनवर्गीय संगठन अनेमसंघ जिल्ला कार्यसमिति मुस्ताङको प्रथम (मुस्ताङ—कास्की) सम्पर्क भेलाले बुधबार १५ सदस्यीय सम्पर्क कार्यसमिति गठन गरेको हो ।


विभिन्न पेशा, व्यवसायमा आवद्ध, अध्ययन र जिम्मेवारी सम्हाल्दै पोखरामा बस्ने अनेमसंघ मुस्ताङमा आवद्ध सदस्यको कार्यसम्पादन सहजताका लागि सम्पर्क कमिटी गठन गरिएको हो । सबी शेरचनको अध्यक्षतामा बनेको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अनिता घताने, सचिव ममता गौचन, सहसचिव बिमला परियार र कोषाध्यक्षमा नरशोभा बुढाथोकी छन् ।


सदस्यमा शान्ति थकाली, मीना तुलाचन, गौमाया तुलाचन, विष्णु शेरचन, सरला थकाली, सुनमाया घताने, मञ्जु गुरुङ, अनिता छन्त्याल, भीमकुमारी थकाली र सुनिता विश्वकर्मा छन् । अनेमसंघकी स्थायी कमिटी सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेशकी उपसचिव मञ्जु अधिकारीले उनीहरुलाई पद तथा गोपनीयता शपथ गराईन् ।

Advertisement


कार्यक्रममा अधिकारीले सम्पर्क कमिटी गठनले मुस्ताङका महिला हकअधिकार, संगठन विस्तार र महिला माथि पर्ने विभिन्न समस्या सम्बोधन गर्न सहज हुने जनाइन् । अनेमसंघ गण्डकी प्रदेशकी सहइन्चार्ज एवं प्रदेश सभा सदस्य देवका पहाडीले अनमेसंघ (केन्द्र)को सर्कुलर अनसार अनमेसंघले सम्पर्क कमिटी गठनको पहल थालेको बताईन् ।


उनले हिमालपारीका उत्पीस्डित महिलाको हक, अधिकार र उत्थानका लागि संघले गर्ने कामहरु प्रदेश राजधानी कास्कीमा सहज पहुँच पुर्‍याउन सहज होस् भन्ने अभिप्रायले सम्पर्क कमिटी गठन गर्नु परेको जनाइन् । अनेम संघ मुस्ताङकी इन्चार्ज शर्मिला गुरुङले मुस्ताङका धेरै महिला कास्कीमा रहेको र उनीहरु विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा रहेको सुनाईन् । उनले महिला मुक्तिका लागि हिमालपारीका समस्यालाई छिटो, छरितो रुपमा गण्डकी प्रदेशसंग जोड्न सम्पर्क कमिटी गठन महत्वपूर्ण कार्य भएको उल्लेख गरिन् ।

Advertisement


अनेमसंघको सम्पर्क भेलालाई अनेमसंघ गण्डकी अध्यक्ष हिराकुमारी गिरी, अनेम संघकी केन्द्रीय सदस्य सुनदेवी रसाइली र अनेमसंघ मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले अनेम संघको गण्डकी प्रदेश अन्तर्गत सम्पर्क कमिटी गठन लगायतका विषयमा धारणा राखेका थिए ।


नवनिर्वाचित अध्यक्ष शेरचनले कमिटीको उद्देश्यलाई सफल बनाउन योजनावद्ध रुपमा लाग्ने प्रण गरिन् ।

तपाईको प्रतिक्रिया