पोखरा म्याराथनलाई पुरस्कार रकम हस्तान्तरण

समाधान संवाददाता २०८० माघ २६ गते ११:४२

पोखरा ।
पोखरा म्याराथन अन्तर्गत अपांगतातर्फको दृष्टिविहीन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला/पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहीनतर्फको १०/१० हजार गरी ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।


मनोज ले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाई पनि प्रेरणा मिल्ने बताए । पुरस्कार प्रायोजन आगामी ५ वर्षसम्म निरन्तरता दिने उनले बताए । पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङ नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक सल्लाहकार एवं आजीवन सदस्यसमेत थिए ।


मञ्चका अध्यक्ष पराजुलीले यस्तो सहयोगले मञ्चलाई दीर्घकालीन रुपमा बलियो बनाउन र गंगाबहादुरको खेलप्रतिको योगदानलाई चिरस्थायी बनाउन भूमिका खेल्ने उल्लेख गरे । अपांगता तर्फको दौड प्रतियोगिता माघ २७ गते शनिबार पोखरा रंगशालामा हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया