जियुका उपकुलपति देवकोटा सम्मानित

समाधान संवाददाता २०८० माघ २६ गते १३:५५

पोखरा ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटालाई नेपाल एनिमल साइन्स एसोसिएसनले सम्मान गरेको छ । नेपालमा अध्यापन, अनुसन्धान तथा प्रसारको माध्यमबाट समग्र पशु विकासका क्षेत्रहरूका साथै यस एसोसिएसनलाई समेत अनवरत रूपमा योगदान पु¥याएको भनी एसोसिएसनले सम्मान गरेको हो ।


नेपाल एनिमल साइन्स एशोसिएसनको नवांै राष्ट्रिय महाधिवेशन–२०८० को अवसरमा कृषिमन्त्री वेदुराम भुसाल, एसोसिएसनका अध्यक्ष रुद्रप्रसाद पौडेल र महासचिव लोकनाथ पौडेल हस्ताक्षरित सम्मानपत्र प्राडा देवकोटालाई प्रदान गरिएको थियो । उनलाई दोसल्लासमेत ओढाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया