लेखनाथ सहकारीको स्थापना दिवसमा निबन्ध

समाधान संवाददाता २०८० माघ २८ गते १४:३३

लेखनाथ ।
पोखरा २६ को अर्घौंमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले आफनो १५औं वार्षिकोत्सव तथा १६ औं स्थापना दिवसको अवसरमा अन्तरमावि स्तरीय निबन्ध लेखन प्रतियोगिता गरेको छ ।


सहकारीका क्षेत्रमा देखिएका विविध खालका समस्यालाई कसरी निराकण गर्न सकिन्छ भन्ने उद्देश्यले नेपालमा सहकारीको वर्तमान अवस्था, अवसर र चुनौतीका विषयमा समाजमा सहरात्म सन्देश दिने गरी राखिएको प्रतियोगितामा १८ विद्यालका ३७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।


सहकारीका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लेखनाथ सापकोटाले सहकारीको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रम संयोजक विकास सापकोटाले निबन्ध लेखनको उद्देश्य र उपयोगिताबारे बताएका थिए ।

Advertisement


प्रतियोगिताको निर्णायकमा पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख रविरमण तिवारी, संस्थापक अध्यक्ष नारायणदत्त बस्ताकोटी र प्राध्यापक नवराज अधिकारी थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई शनिबार संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रममा पुरस्कृत गरिएको व्यवस्थापक गोविन्द लामिछानेले जानकारी दिएका छन् ।


सहकारीले हरेक स्थापना दिवसका दिन पोखरा २७ को जयगुरुदेव मन्दिर परिसरमा वृक्षरोपण गरिएका फलपूmलका बिरुवाको गोडमेल तथा नयाँ बिरुवाहरुसमेत लगाइएको बताइएको छ । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने र उपाध्यक्ष अम्बिका गौतमले सहकारीका बारेमा बाहिरी हल्ला तथा टीकाटिप्पणीहरु बढी हुँदा समस्या सिर्जना भएको बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया