मित्रमिलनका पूर्वअध्यक्ष राउत धरौटीमा छुटे

समाधान संवाददाता २०८० माघ २८ गते २१:०२

पोखरा
मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचलन मुद्दामा पक्राउ परेका संस्थाका पूर्वअध्यक्ष कृष्णबहादुर राउत धरौटीमा छुटेका छन् । कास्की जिल्ला अदालतको आदेशमा उनी आइतबार रिहा भएका हुन् । न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई १२ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।


२०७३ सालको साधारण सभाबाट राउत मित्रमिलन सहकारीको अध्यक्ष निर्वाचित भएका थिए । उनी लगायत ३३ जना विरुद्ध मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये २ दर्जन जति पक्राउ पर्न अझै बाँकी छन् । केही भने थुनामा छन् । केही राउतजस्तै धरौटीमा रिहा भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया