स्कुल बस चलाउन अक्षयकोष

समाधान संवाददाता २०८० माघ २९ गते १०:४५

पोखरा ।
पोखरा २१ कृष्तिमा रहेको भविष्य निर्माण माविले बस सञ्चालन गर्न अक्षयकोष स्थापना गरेको छ । विद्यार्थीको सुविधाका लागि वन सञ्चालन गर्न स्थापना गरेको अक्षयकोषमा हालसम्म ५४ लाखभन्दा बढी संकलन भईसकेको छ ।


१ करोड रुपैयाँ संकलन गरी त्यसैको ब्याजबाट वस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवं विभिन्न पेशा व्यवसायमा आवद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्पुूर्त रकम संकलन भएको अक्षयकोष वृद्धि समिति संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिउ ।


विद्यार्थीको सुविधाका लागि अहिले भाडामा बस सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा विद्यालयले आप्mनै बस सञ्चालन गर्ने बताउँदै उनले समाजका विपन्न एवम् असहाय वर्गको शिक्षा आर्जनको थलो बनेको यस विद्यालयको अक्षयकोषमा सक्दो सहयोग गर्न आग्रह गरे ।

Advertisement


अक्षयकोषमा यसअघि ३४ लाख रुपैया संकलन भएको थियो । कोष वृद्धिका लागि यस वर्षको अभियानबाट २० लाख ४ हजार ८ सय ५३ रुपैयाँ थप भएको छ । ५ लाखदेखि ५१ हजारसम्म सहयोग गर्ने २२ दाता रहेको उनले जनाए ।


विद्यार्थी सुविधाका लागि अहिले एउटा बस सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा अर्को थप गर्ने योजना छ । बसाइसराईका कारण गाउँ रित्तिदै जानु र निजी विद्यालयका बस घरघर पुग्ने गरेको कारण विद्यार्थी अभाव भएपछि विद्यालयले एक वर्षदेखि भाडामा एउटा बस सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलले बताए ।

Advertisement


‘बस सेवा सुरु भएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ,’ उनी भन्छन्, ‘व्यवस्थापन विषयमा १० जोड २ सहित विद्यालयमा हाल ४ सय ५० विद्यार्थी छन् ।’ विदालयका विभिन्न चार पक्की भवनमा २४ कोठा छन् । चालु आर्थिक वर्षमा भारतीय राजदुतावासबाट एउटा बस प्राप्त हुने उनले जनाए ।


प्रत्येक कक्षाकोठामा निगरानीका लागि सिसी क्यामेरासहित प्रोजेक्टर, अत्याधुनिक कम्प्युटर ल्याबसमेत स्कुलमा छ ।

तपाईको प्रतिक्रिया