आयुषलाई स्नुकर उपाधि

समाधान संवाददाता २०८० माघ २९ गते १३:११

पोखरा ।
इटहरीका आयुष गौतमले खुला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जितेका छन् । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार भएको फाइनल खेलमा गौतमले काठमाडौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गरे ।


गौतमले उपाधिसहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता तामाङले भने ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा नयाँ रेकर्डसमेत कायम भएको छ । फाइनल खेलमा वाङचु तामाङले १ सय ३२ को टेबल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्ड कायम गरेको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रालिका अध्यक्ष सोम विकले जनाए ।


यसअघि काठमाडौंका राजन लामाको नाममा १ सय १० को रेकर्ड थियो । प्रतियोगिता वेस्ट अफ थट्टीनमा भएको हो । प्रतियोगिताका मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ थिए भने निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ थिए ।

Advertisement


सेमिफाइनलमा पराजित काठमाडौंका राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही २० हजार प्रदान गरिएको छ । प्रतियोगितामा १ सय २३ खेलाडी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया