खुले तल्लो मुस्ताङका स्कुल

सुन्दरकुमार थकाली २०८० फागुन २ गते ११:२३

जोमसोम ।
तल्लो मुस्ताङका सामुदायिक स्कुल खुलेका छन् । जिल्लाको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पुस र माघ २ महिना लामो हिउँदे बिदा दिइएकोमा जाडो घटेपछि मंगलबारदेखि पठनपाठन सुरु भएको हो ।


करिब ३ दर्जन सामुदायिक विद्यालयमध्ये ३ स्थानीय तहका करिब २ दर्जन सामुदायिक विद्यालयमा जाडो बिदा दिइएको थियो । मुस्ताङमा बर्सेनि तल्लो क्षेत्रका तीन स्थानीय तहमा हिउँदमा जोड बिदा दिने गरिएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, निजी र गुम्बा विद्यालयले भने घुम्ती कक्षा चलाउने गरेका छन् ।


विद्यार्थीलाई हिमाली छात्रवासको अनुदान तथा स्थानीय तहको सहयोगमा बेंसीको पारिलो ठाउँमा पढाउने गरिएको छ । हिमपातको सम्भावना र चिसोका कारण तल्लो मुस्ताङका स्कुलमा दुई महिना बिदा दिइने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामेश्वर लामिछानेले उल्लेख गरे । लामिछानेले बिदापछि फागुन १ गते पठनपाठन सुरु भइसकेको छ । थासाङमा १२ र घरपझोङमा ८ सामुदायिक विद्यालय छन् ।

Advertisement


जोमसोमको धौलागिरी आवासीय माध्यमिक विद्यालय फागुन दोस्रो साता खुल्नेछ । वारागुङको जनशान्ति माध्यमिक विद्यालय पनि सोही समयमा खुल्नेछ । त्यहाँको जननर्मmल प्रस्ताविक माध्यमिक विद्यालय भने घुम्ती कक्षा चलाएको छ । ४५ दिन बार्षिक बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालय बन्द गर्ने गरिएको छ ।


उपल्लो मुस्ताङको लोमान्थाङबाट ४ गुम्बा विद्यालय, २ निजी र ३ सामुुदायिक विद्यालय जाडो छल्न बेसीमा छन् । लोघेकर दामोदरकुण्डका ७ सामुदायिक र २ गुम्बा विद्यालय पनि घुम्ती कक्षामा छन् । त्यहाँको घमी आधारभूत विद्यालयले भने यस पटक दुई महिना बिदा दिएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया