जनप्रिय क्यापसमा हल्ट प्राइज हुँदै

समाधान संवाददाता २०८० फागुन २ गते १२:४९

पोखरा ।
पोखरा ८ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज आयोजना हुने भएको छ । यो कार्यक्रम क्याम्पसका निर्देशक सरोज तिमिल्सिनाको नेतृत्वमा यही फेब्रुअरी २५ मा हुनेछ ।


हल्ट प्राइज उद्यमीहरुका लागि परिचित प्लेटफर्म हो । विद्यार्थीमा रहेको उद्यमशीलता र व्यावपारिक प्रतिभा प्रष्फुटन गर्नु कार्यक्रमको लक्ष्य हो । यस कार्यक्रममा आउने प्रतिस्पर्धीले उद्यमी बन्ने विचारले प्रस्तुत गरी समाजमा परिवर्तन ल्याउने क्षमता राख्नु पर्दछ ।


प्रतियोगीहरुको गहन मूल्यांकनपछि उत्कृष्ट टोलीलाई आयोजकले विश्व मञ्च प्रदान गर्ने छ । हल्ट प्राइजले विजेतालाई आर्थिक सहयोगसमेत गर्ने गरेको हो । हल्ट प्राइज विद्यार्थीलाई अवसर प्रदान गर्ने ठूलो मञ्च हो ।

Advertisement

तपाईको प्रतिक्रिया