मदरल्यान्ड माविमा सरस्वती पूजा

समाधान संवाददाता २०८० फागुन ३ गते १२:२१

पोखरा ।
विद्यार्थीलाई समय अनुसारका पर्व मनाउन सिकाउने उद्देश्यका साथ पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा बुधबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भएको छ ।


विद्यालयमा अवस्थित सरस्वतीको प्रतिमामा पूजा, आरधानापछि कार्यक्रममा कक्षा ४ र ५ का विद्यार्थीहरू विमर्श पराजुली, अनुराधा शर्मा, कृतिका पराजुली, मञ्जिला त्रिपाठी, ओमिषा गिरी, दस कश्यप र रोजी ढकालले सरस्वती स्तोत्र वाचन गरे । पण्डित शिव लम्सालले विद्यार्थीले पढ्नुभन्दा अघि, संगीत साधकले वाद्यवादन गर्नुअघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने चलन भएको सुनाए ।


कक्षा ४ की एलिना पण्डितले कर्ता भएको पूजामा अभिभावक, विद्यार्थी, शिक्षक/कर्मचारी लगायतले पूजाआजा गरेको विद्यालयका सहकार्यकलाप प्रमुख सुनील सुवालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया