पृथ्वीनारायण क्याम्पसमा सरस्वती मन्दिर

समाधान संवाददाता २०८० फागुन ३ गते १२:२४

पोखरा ।
पोखराको बगर भीमकाली पाटनमा रहेको पृथ्वीनारायण क्याम्पस परिसरमा क्याम्पस स्थापनाको ६४ वर्षपछि सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।


यही आर्थिक वर्षभित्र सम्पन्न हुने गरी कलात्मक शैलीमा मन्दिर बनाउन लागिएको हो । ४३ लाख रुपैयाँमा निर्माण हुन लागेको मन्दिर बुधबार शिलान्यास गरिएको छ ।


सो मन्दिरको निमार्णमा सहयोग गर्न नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल बैंकको प्रधान कार्यालयमार्फत बगर शाखाको समन्वयनमा रकम समेत हस्तान्तरण गरिएको छ ।

Advertisement


५ लाखको चेक बैंकको तर्फबाट शाखा प्रबन्धक विनोद सापकोटा र सहायक प्रबन्धक प्रदीप पौडेलले क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्साल र गजेन्द्रप्रसाद च्वाई, चन्द्रमणि आचार्य, विद्यार्थी मूल्यांकन प्रमुख बोधराज ढकाल, आर्थिक सहनियन्त्रक पुष्पराज पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


सहायक क्याम्पस प्रमुख लम्सालले क्याम्पस र बैंकबिच आगामि दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया