एसइई दिने विद्यार्थीलाई अभिमुखीकरण

समाधान संवाददाता २०८० फागुन ४ गते १३:५५

पोखरा ।
नेसनल प्याब्सन कास्कीको आयोजनामा एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम भएको छ । यस वर्ष एसइई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम भएको हो ।


विद्यार्थीलाई प्रेरणापरक प्रस्तुति दिने कार्यको सहजीकरण उत्प्रेरक देशराज दाहालले गरेका थिए । परीक्षा राम्रो गर्नका लागि बालबालिका मनोवैज्ञानिक रुपमा तयार रहनुपर्ने कुरामा विशेष जोड दिएका प्रशिक्षक दाहालले विद्यार्थीको मनोविज्ञानका विविध पक्षलाई केन्द्रमा राखेर प्रस्तुति दिएका थिए । किशोरावस्थामा घरको वातावरण बिर्सेर आफ्ना रुचिका पछाडि दौडने विद्यार्थीलाई घर, परिवारको दुःख एवं मिहिनेतको मूल्य बुझाउने कार्यबाट उनले आफ्नो प्रस्तुति थालनी गरेका थिए ।


उनले पढाइको महŒव, पढाइको अनिवार्यता अनि पढाइसँग परीक्षाको सम्बन्धलाई विभिन्न चरणमा प्रस्तुत गरेका थिए । एउटा व्यक्तिको क्षमता विकासमा समाजका विभिन्न पक्ष उत्तिकै जिम्मेवार रहने कुरालाई उनले हृदयस्पर्शी तरिकाले प्रष्ट्याएका गरेका थिए । नेसनल प्याब्सन, कास्की अन्तर्गतका विद्यालयमा कक्षा १० मा अध्ययनरत एसइई परीक्षाको तयारी गरिरहेका करिब १ हजार २ सय विद्यार्थी र विद्यार्थीसँगै करिब १ सय ५० शिक्षक एवम् सञ्चालक कार्यक्रममा उपस्थित थिए ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले नेसनल प्याब्सनले विद्यार्थीको सर्वपक्षीय विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । कार्यक्रमका अध्यक्ष एवं नेसनल प्याब्सन, कास्की अध्यक्ष हेमन्त अधिकारीले देशको शिक्षाको गुणस्तर कायम गर्न निजी शिक्षण संस्थाहरूको विशेष भूमिका रहेको बताए ।


अवसरमा उनले आगामी एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई संस्थाको तर्फबाट ५०/५० हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे । कार्यक्रमम नेसनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी र कार्यक्रम संयोजक मनकाजी गुरुङले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया