प्रदेश स्तरीय शिक्षक कार्यशाला

समाधान संवाददाता २०८० फागुन ८ गते १०:३२

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले सोमबार सांगठनिक सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रदेश स्तरीय कार्यशाला गरेको छ ।


कार्यशालामा गण्डकी प्रदेशबाट राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य, गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्य, प्रदेशका सबै जिल्लाका अध्यक्ष, महिला उपाध्यक्ष सचिव गरी ८५ जनाको सहभागिता रहेको संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले जानकारी दिए । मार्च टु लोकल लेबल (एमएलएल २०२४) विशेष कार्यक्रम अन्तर्गत भएको कार्यशालाको संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्वुजाले औपचारिक समारोहबीच उद्घाटन गरे ।


कार्यशालामा संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार लक्ष्मण शर्मा, संगठनका गण्डकी प्रदेश इन्चार्ज यमबहादुर कुँवर, संगठनका केन्द्रीय सचिव रामप्रसाद पोखरेल लगायतले सहजीकरण गरेका छन् । शिक्षक संगठन गण्डकी प्रदेशका उपाध्यक्ष ओमबहादुर थापा, महासचिव ध्रुवराज सिग्देलले कार्याशालाको महत्वबारे बोलेका थिए ।

Advertisement


कार्यशालामा वर्तमान अवस्थामा शिक्षक आन्दोलन, शिक्षकका पेशागत मुद्दा, संगठनका भावी रणनीति, शैक्षिक गुणस्तर, सांगठनिक सुदढीकरण, शिक्षाका लगानी बढाउन स्थानीय तह तथा प्रदेश सरकारसँग गर्नुपर्ने समन्वय लगायतका विषयमा सहजीकरण गरिएको अध्यक्ष पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया