विद्यार्थीको क्षमता विकासमा योग

समाधान संवाददाता २०८० फागुन १० गते १२:१५


विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ ? हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ । हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र इन्टरनेट । हाम्रो शरीर हार्डवेयर, दिमाग के हो सफ्टवेयर । सास के हो इलेक्टिसिटी, क्याकअफ । इन्टरनेट के हो साथीत्व, विद्यालय, साथीभाइ, परिवार, समाज, आफन्त, देश भूगोल, परिस्थिति, वातावरण । जसले योग गर्न सुरु गर्छ । उसको चार वटामा भएका एन्टिभाइरसहरु निस्कन्छ सुरुमा त ।


अहिले हाम्रो समाजमा स्वस्थ एक जना छौँ । रोग लागेका धेरै छौँ । हाम्रो हार्डवेयरमै कमजोरी छ । भाइरसहरू छन् । या आक्रमणहरू छन् । हामी कमजोर भएका छौँ । योग भनेको फस्टमा के हो व्यायाम । दोस्रोमा हो दिमागको व्यायाम । तेस्रो शरीरको व्यायाम । अनि त्यसपछि सफ्टवेयरलाई राम्रो बनाउँछ । भाइरस निकाल्छ । त्यसपछि प्राणायाम गर्छौँ । श्वास लिने छोड्ने गर्छौँ । यसले के गर्छ । हाम्रो शरीरमा, मनमा, चेतनामा लोडसेडिङ हुन दिँदैन । व्यकअफ हुन्छ । ब्याट्री चार्ज भइरहन्छ । अन्तिममा योग गर्छ । राम्रोसँग काम गर्ने, जिउने, सोच्ने । जसले योग गर्छौँ । उहाँको जीवनमा सकारात्मक ऊर्जा आउँछ । अनि स्वस्थ हुन थाल्छौँ ।


पहिला हामीले ए फर एप्पल, बी फर बल, सी फर क्याट पढेका थियौँ । तर, अहिले के पढ्नु पर्ने बेला आएको छ । भने ए फर अल्जाइमर, बी फर ब्लड प्रेसर, सी फर क्यान्सर । किनकि हरेक घरमा छ । हरेक जसो घरमा छ । एप्पल, बल, क्याट त पढेकै हो । अब सानै देखि अल्जाइमर, ब्लड प्रेसर, क्यान्सर पड्यौँ भने हामी स्वस्थ उङ्छौँ । स्वस्थ हुँदै जान थाल्छौँ ।

Advertisement

४० मिनेट हरेक दिन बिहान दिनुपर्‍यो आफूलाई । कहाँबाट निकाल्ने ४० मिनेट ? जति बजे उठ्नुहुन्छ । त्योभन्दा २० मिनेट अघि उठ्नुहोस् । मोबाइल र टिभी जति समय हेर्नुहुन्छ त्योबाट २० मिनेट घटाइदिनुस्
राजु अधिकारी


एक दिनमा १४४० मिनेट हुन्छ । ४० मिनेट आफूलाई दिने । १४०० मिनेट खाना, स्कुल, साथीभाइ, सुत्ने काममा खर्चनुस् । ४० मिनेट आफ्नो लागी दिने । अब ४० मिनेट जब आफ्नो लागि दिन थाल्नुहुन्छ नि अनि हाम्रो जीवन चमकदार हुन थाल्छ । त के का लागि दिने योग, व्यायाम, साधनामा । योग भने हाम्रो पुराना ऋषि मुनिहरूले आविष्कार गरेको शब्द हो । योगको तिन वटा अर्थ हुन्छ । पहिलो अर्थ हो जोड्नु । योगले हामी सबैलाई जोड्ने काम गर्छ । दोस्रो अर्थ भनेको अनुशासनमा बस्नु । खान मन लागिराखेको छ । तर, जंगफुट खान मन लागिराखेको छ । भित्र मनले भन्छ खबरदार अस्वस्थ कर छ ।

Advertisement

यसले बोर्नब्रेनलाई हानी गर्छ । जिब्रोले भन्छ होइन खाइदिने हो आज त हो नि । भित्रै लडाई चल्छ । जो योगको विद्यार्थी छ । उसको मनले आफूलाई कन्ट्रोल गर्छ । आफूले आफूमाथि सिसी क्यामरा राखिदिन्छ । आफूलाई हेरिराख्छ । हामीलाई हानी गर्ने कुरा, असर गर्ने कुरा, काम नलाग्ने कुरा, रोग जन्माउने कुरा म गर्दिन । कसले गर्दिन भन्यो भित्रको चेतनाले । तेस्रो अर्थ चाहिँ युज समाधि । सबैको बुद्धि सामान्य बुद्धि, पढ्ने बुद्धि, पास हुने बुद्धि । हामी जाने भनेको सुबुद्धितिर हो । वृद्धि माथि उग्लियो भने सुबुद्धि हुन्छ । त्यो भन्दामाथि गयो भने विवेकशीलता हुन्छ । विवेकशीलता पनि अझै माथि पुग्यो भने प्रज्ञावान् । योगले हामीलाई संवृद्धितिर लैजान्छ । कुबुद्धितिर जान दिँदैन ।


जो योग गर्छ उसले कडापन घटाउँछ । मनलाई ट्रेनिङ गर्छ, मनलाई प्रशिक्षित गराउँछ । थोरै रिसाउनुपर्छ भन्ने जानकारी दिन्छ । चेतना दिन्छ । अनि बिस्तारै हामी नरम बनाउँछ । जो नरम छ । ऊ झुकेर नमस्कार गर्छ, प्रणाम गर्छ । जो नरम छैन । उ हाई गर्छ । हाईको अर्थ ओए बाउ, ओए आमा हो । हाई भनेको ओए । नमस्कार भनेको न भनेको दिमाग, म भनेको रिदम, स्कार भनेको पेट । मेरो प्राण शक्ति नाइटोबाट आउँछ श्वास । हजुरभित्रको चेतना, आत्मा, मनुष्यतालाई विनम्रता, कृतज्ञता, अभिवादन पूर्वक नमस्कार गर्छु भनेको अर्थ हो ।


रोगीहरूलाई, भोगीहरूलाई योगी बनाउँछ योगले । योगले क्रेटिभिटीसँग जोड्छ, स्वास्थ्यसँग जोड्छ, मेमोरीसँग जोड्छ । तर, ४० मिनेट हरेक दिन बिहान दिनुपर्‍यो आफूलाई । कहाँबाट निकाल्ने ४० मिनेट ? हजुर जति बजे उठ्नुहुन्छ । त्योभन्दा २० मिनेट अघि उठ्नुहोस् । मोबाइल र टिभी जति समय हेर्नुहुन्छ त्योबाट २० मिनेट घटाइदिनुस् । अर्को २० मिनेट निस्कियो । हामी ठूला मान्छेहरू पनि अरू २० मिनेट निकालौँ । अर्काको कुरा काट्ने समयबाट २० मिनेट निकालौँ । यो ३ वटा नगर्ने त कोही छैन ।


ध्यान दिनुहोला । योगले जोड्छ । नकारात्मक कुरा हटाएर सकारात्मक कुरातर्फ स्वास्थ्यमा जोड्ने काम गर्छ । शरीरलाई स्वास्थ्यसँग जोड्छ । मनलाई एकाग्रतासँग जोड्छ । हजुरले मनलाई जे काममा, जे विषयमा लगाउनुभयो । त्यहाँ एकाग्रता हुने । त्यसैमा लागिरहने, नहट्ने काम एकाग्रता हो । जसले योग गर्छ । उसको एकाग्रता बढ्छ । जसलाई दिमागले सल्लाह दिन्छ । उसको नाम तनावविका हुन्छ । जसलाई मन र रिदमले सल्लाह दिन्छ उसको नाम प्रशंनीका हुन्छ । सल्लाह दिने को भित्र मन ।


तनावलाई खुसीमा बदल्ने विधि के हो योग । मनलाई ट्रेनिङ, प्रशिक्षण गर्ने, आफ्नो ठाउँमा ल्याएर खुसी, पोजेटिभ, क्रेटिभ भनेर आदेश दिने कुरा चाहिँ योग हो । जसले योग गर्छ । मौन बस्छ, ध्यान गर्छ, मेडिटेसन गर्छ, स्वथ्य खाना खान्छ, यसले हामी मनलाई एकाग्रतासँग जोड्ने भयो । इमोशनलाई खुसीसँग जोड्ने भयो । आज त मैले मिठो खाने भन्ने कुरा मनलाई नोटिस गर्‍यो । यति खानुभयो भने अन्दाज गर्ने काम बुद्धिले गर्‍यो । तर, त्यो खान खाएपछि सन्तुष्टि भयो । त्यो चाहिँ आत्म हो । सबैभन्दा भित्र छ आत्म । जो चाहिँ पावर हाउस हो । अहिले चाहिँ इलेक्ट्रिसिटी बलिराखेको छ । हामीलाई साउन्ड, लाइट बनेर काम गरिराखेको छ । हामीभित्रको आत्म, मन, श्वास, शब्द, सम्बन्ध बनेर जसले यो काम गरिराखेको छ । जसले योग गर्छ । ऊ चाहिँ आत्मसँग जोडिँदै जान्छ ।

तपाईको प्रतिक्रिया