शिविरमा साढे ३ सयको जाँच

समाधान संवाददाता २०८० फागुन ११ गते १२:२९

पोखरा ।
सूर्य चन्द्र विकास समाज पोखरा ५ ले मालेपाटनमा नाक, कान, घाँटीका बिरामीलाई लक्षित गरी बिहीबार निशुल्क स्वास्थ्य शिविर गरेको छ । मणिपाल शिक्षण अस्पतालको प्राविधिक तथा पोखरा महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको विशेष सहयोगमा वडा सदन पोखरा ५ मा भएको शिविरमा ३ सय २५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको समाजमा महासचिव हेमराज भण्डारीले जानकारी दिए ।


शिविरमा अस्पतालका विशेषज्ञ डा आदर्श खड्का, डा श्रेया गौतम, डा प्रतिमा बजगाई, फर्मासिस्ट पशुपतिनाथ मण्डल, सजिना बुदुजा पुन र सीमा तामाङ सहितको स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गरेका थिए ।


पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले शिविर उद्घाटन गरे । उनले समाज पोखरा ५को सामाजिक विकासमा महत्वपूर्ण काम गरेको अग्रणी संस्था भएको बताए । उनले समाजको रचनात्मक र सिर्जनात्मक काममा वडा कार्यालयको सहकार्य हुने उल्लेख गरे ।

Advertisement


मणिपाल शिक्षण अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरका वडा तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर गरेको जानकारी दिए । कार्यक्रममा पोखरा ५ का वडा सदस्य कल्पना भुवाजी क्षत्री, समाजका कार्यवहाक अध्यक्ष सावित्रा कोइराला, कार्यक्रम संयोजक तथा समाजका सचिव दीपक बराल, समाजका संस्थापक अध्यक्ष रामजी बराल, पूर्व अध्यक्ष धनबहादुर नेपाली, वसन्तराज भण्डारी, कृष्ण बराल, केदार कोइराला, समाजका सल्लाहकार कृष्णप्रसाद कोइराला, बाराही माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, धर्मस्थली आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुली, प्रधानाध्यापक वदन शर्मा लगायतले स्वास्थ्य शिविरका बारेका बोलेका थिए ।


समाज ‘राष्ट्र, राष्टियता, हाम्रो अभियान, परिवर्तन विकास हाम्रो अभियान’ भन्नेका नाराका साथ सामाजिक क्षेत्रमा क्रियाशील छ ।

Advertisement

तपाईको प्रतिक्रिया