समाजवादी आन्दोलनलाई हरियो रङ

आरके पोख्रेल २०८० फागुन १३ गते ११:२८

साउनमा आँखा गुमाएको गोरुले सधै हरियो देख्छ भन्ने पुरानो उखानले अब पोखरा महानगरपालिकामा काम नगर्ने भएको छ । गण्डकी प्रदेशको राजनीति समेत रहेको पोखराका घरहरु अब भने हरियो हुने भएका छन् । ‘हरियो वन नेपालको धन’ भन्ने कथन आजभोलि पोखरामा घरहरुमा समेत लागू हुने भएको छ । हरियो घर कहाँ भन्ने आगामी दिनमा यदि प्रश्न आयो भने उत्तर हुनेछ (पोखरा ) ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवदिीका नेता समेत रहेका पोखराका मेयर धनराज आचार्यले हरियो रंगको लागि उर्दि नै जारी गरेका छन् । अब पोखराका घर,बस्तिहरु हरिया हुने छन् पेन्ट कम्पनीको विज्ञापन हो वा मेयर सापलाई काम गर्ने हुटहुटि चलेर हो त्यो त मेयर नै जानुन तर पनि समाजबाद उन्मुख मुलुक र समाजवादी नेता भए कै कारणले गर्दा पनि हो कि अबको रंग हरियो रङ ग्रिन सिटी, गण्डकी प्रदेशको राजधानी हरियो शहर पोखरा ।

पोखरा भन्ने बित्तिकै विश्कै मानिसहरु मोहित हुने शहरमा पर्छ । पर्यटनको राजधानी पोखरा । पोखराका सडकहरु निकै सुन्दर नै छन् आवतजावतलाई कुनै अप्ठ्यारो छैन खाल्डाखुल्डी छैनन् पनि होला सायद । त्यसैले त मेयरले सडकमा कालो दल्न छोडेर घरहरूमा हरियो दल्न पुगेका छन् । पोखराको सुन्दरता फेवातालले आफ्नो भुमी मागेको वर्षौ भईसकेको छ तरपनि त्यता ध्यानाकर्षण पुग्न सकेको जस्तो लाग्दैन । नेपालको संविधानले समेत स्थानीय तहलाई निकै बलियो समेत बनाएको छ ।

Advertisement

‘हरियो वन नेपालको धन’ भन्ने कथन आजभोलि पोखरामा घरहरुमा समेत लागू हुने भएको छ । हरियो घर कहाँ भन्ने आगामी दिनमा यदि प्रश्न आयो भने उत्तर हुनेछ (पोखरा )

पोखरेली जनताले निकै आशा,भरोसा र विश्वास समेत गरेका मेयर हुन धनराज, आजभोलि पोखरेली जनता हिजो आशा गरेका मेयर संग त्यति खुशी देखिदैनन काम नगरेको आरोप त बेलाबेला आउने नै गर्छ त्यसैले त होला धनराजले जनताले देखिने गरेर काम गर्न लागेका छन् । काम कुरो यकातिर कुम्लो बोकि कतातिर भने जस्तै सबैको घरमा हरियो दलिदीएपछी काम नगरेको आरोप बाट अब भने पक्कै मुक्ती पाउने आशामा होलान् ।

Advertisement

निकै लामो समय कम्युनिस्ट आन्दोलनको मेरुदण्ड एमालेमा बिताएका धनराज पार्टी विभाजन पछि भने माधव नेपाल नेतृत्वको एकीकृत समएकिकृतमा छन् । क्रान्तिकारी धनराजको समाजवादी आन्दोलनमा अब भने हरियो रङ थपिएको पोखरेलिले महसुज गर्लान् नै ।

पोखरा महानगरलाई हरियाली बनाउने मेयर धनराज आचार्यको उर्दिलाई पोखरेलिहरुले ताली बजाउलान त हेर्न बाँकी नै छ तर पनि समाजवादी आन्दोलनको मर्मसँग जोडिएको यो कार्यक्रममा हरियो रङले उत्साह भरोस, हरियो शहर पोखराको हरिया घरमा बसेर कालो सडकमा पोखरेलिले नजर लगाउन अब हाम्रो शुभकामना नै छ ।

तपाईको प्रतिक्रिया