संस्कृति, भूगोल र भूगर्भः पर्यटकीय गन्तव्य

समाधान संवाददाता २०८० फागुन १३ गते १२:१४

हिमाली क्षेत्रमा भइरहेको प्रदूषणलाई मध्यनजर गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधि २०८० ल्याएको छ । यो व्यवस्था बमोजिम सगरमाथा आरोहण गर्ने आरोहीले आफनो दिसा–पिसाब फिर्ता ल्याउनुपर्ने छ ।
मानवीय गतिविधिका कारण हिमाल क्षेत्रमा पारिरहेको असरको विषयमा सगरमाथाप्रति ध्यान सबैको जान्छ । सबैभन्दा पहिला चढिएको हिमाल हो अन्नपूर्ण । अन्नपूर्ण सरसफाइको विषय भने कमै ध्यान गएको छ सरोकारवालाको ।


गत चैतमा ७२ वर्षपछि अन्नपूर्णको सरसफाइ भएको थियो पहिलोपटक । नेपाली सेनाको सरसफाइ कार्यक्रम अन्तर्गत अन्नपूर्ण क्षेत्र पर्‍यो । जसमा साथ दिएको थियो पोखरा महानगरपालिकाले । १५ लाख आर्थिक सहयोग समेत प्रदान गरेको थियो महानगरले । पोखरा ट्राजिन्ट पोइन्ट हो पर्यटकीय गन्तव्य अन्नपूर्ण क्षेत्र प्रवेशका लागि । हिमालकै कारण पहिचान बनाएको छ पोखराले ।


हामी पोखराका त्यही हिमाल हेरेर यहाँ बाँचेका छौं । अथवा यसले हामीलाई बचाइरहेको छ । विभिन्न सेक्टरमा खास गरी आज हामी पर्यटनको कुरा गर्दै छौं भने पर्यटनका लागि हिमाल र ताल नै महत्वपूर्ण हो । यसको संरक्षणको जिम्मेवारी पोखरा महानगरको पनि हो । सगरमाथा सरसफाइ अभियान नेपाल सरकारले सुरु गरेपछि साथ नेपाल आर्मीले दिएको थियो । अन्य हिमालहरुको सरसफाइ अभियान चल्दा अन्नपूर्ण क्षत्रेमा कति फोहोर होला ध्यान कसैले दिएका थिएनन् ।

Advertisement

हामी पोखराका त्यही हिमाल हेरेर यहाँ बाँचेका छौं । अथवा यसले हामीलाई बचाइरहेको छ
धनराज आचार्य, पाेखरा महानगरपालिका प्रमुख


पहिलाचोटि हामीले गएको वर्ष अन्नपूर्ण हिमाल सरसफाइ गरेर ३१ टन फोहोर हामीले अन्नपूर्णबाट लिएर आएका छौँ त्यसमा महानगरको साझेदारी हो । त्यो हिमाललाई हेरेर बाँचेका छौँ त्यसको सरसफाइको जिम्मा हाम्रो हो ।

Advertisement


सेतीको खोँचको बारेमा पोखरा महानगरले कार्यविधि तयार पारिरहेको छ । चासो छ । भर्खरै चार दिन भयो मैले साइन गरेको । पोखराको ताल तलैया डिल, भिर नदी सम्पूर्ण ठाउँको मापदण्ड हामीले क्लियर गरेका छौँ । कहाँ के बनाउन मिल्ने वा के बनाउन नमिल्ने कुन ठाउँको जोइनिङ गरेर कुन ठाउँमा अग्ला घर बनाउन मिल्ने का नमिल्ने । त्यो सबै कुराहरुलाई हामीले फेस गरेका छौँ । त्यो चासो भएकै कुराले यो गरेको हो ।


भूबनावटको विषयमा कुराकानीको गर्दै गर्दा बेलाबेला परिरहने पोखराको भ्वाङ नछुट्ने विषय हो । पूरानो अध्ययनले पनि पोखरा सेती किनारका केही भाग कमजोर रहेको प्रष्ट्याउँछ । त्यसपछि पोखराको विषयमा केही अध्ययन भएको छ । अब, पोखरा महानगर त्यसैको तयारीमा छ ।


फ्रेन्चहरुको भूगोलमा राम्रो रिसोर्स छ । उहाँहरुले पोखराको सिंगो एक्सरे गर्ने भन्नुभएको छ । अलिकति भूभागको हिसाबमा पोखरा अलि खतरा छ भन्ने छ रियल अवस्था के छ भन्ने विषयमा फ्रेन्च साथीहरुले रिसर्च गर्ने कुराकानी भएको छ ।
पोखरा महानगरको अर्को विषय हो ताल संरक्षण । पर्यटनलाई लक्ष्य गर्दै महानगरले योजना अघि सारेको छ ।


आर्बाको डाँडामा बत्ती किन भन्ने जुन प्रश्न छ, त्यस विषयमा दुई थरी प्रतिक्रिया आएको छ । धाम निर्माणको योजना छ त्यस स्थानमा । एकथरी धाम निर्माण हुने स्थानलाई बत्तीले परिचय दिएको प्रतिक्रिया छ । समाचार देख्ने बित्तिकै मैले सम्बन्धित प्राविधिकलाई त्यो बत्ती १० बजेपछि निभ्ने बनाउनुहोस् । अरु बाँकी कुरा पछि गरौँला भनेँ । फेरि त्यही क्षेत्रका अन्य प्राविधिक साथीले अर्को टिम पठाएर त्यसलाई बल्ने बनाउनुभएछ । यस्तैका बिचमा छ त्यसमा हामी छलफलका क्रममा छौँ ।

तपाईको प्रतिक्रिया