रेडियो अन्नपूर्णले चैत १७ गते बृहत रक्तदान गर्ने

समाधान संवाददाता २०८० फागुन १६ गते १३:२७

पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष पनि चैतको तेस्रो शनिबार २२ औं बृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेसन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए ।


रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।


आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसंस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार व्यवस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक व्यवस्थापन संयोजकमा अगन्धर सुवेदीलाई तोकिएको छ ।

Advertisement


प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा, स्वागत तथा स्वयमसेवक व्यवस्थापनमा शोभा नेपाल र प्राविधिकमा अरबिन विक्रम राणालाई जिम्मेवारी दिइएको हो । रेडियोले २०५८ सालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया