पोखरामा पनि बिगमार्ट, १० प्रतिशत छुट

समाधान संवाददाता २०८० फागुन १७ गते १९:४१

पोखरा ।
बिगमार्टले सामान खरिदमा १० प्रतिशत सम्म छुट तथा आर्कषक पुरस्कार दिने भएको छ । फागुन १९ गतेदेखि पोखराको बगर,सितलादेवी, राम बजार, फुलबारी र पर्स्याङमा सञ्चालनमा आउन लागेका शाखाको ओपनिङको अवसरमा छुट दिएको हो ।


नमस्ते पे, ग्लोबल आइएमइ बैंक, प्रभु बैंक र सिटीजन बैंकका डेबिट र क्रेडिट कार्डबाट बिल भुत्तानी गर्दा १० प्रतिशत (२००) सम्म ग्राहकले छुट पाउन सक्ने बिगमार्टले बताएको छ ।

बम्पर पुरस्कारमा एक जनाले हिरो स्कुटर प्राप्त गर्ने पनि मार्टले जनाएको छ । ७५० वा सो भन्दा बढिको खरिदमा लक्की ड्रको व्यवस्था गरिएको छ । पुरस्कारका बारेमा फेसबुक पेज, इन्स्टाग्राम भाइबर, लगायत तथा नजिकैको बिगमार्ट स्टोरहरुमा सम्पर्क गर्न सकिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया