स्टेप बाई स्टेप माविमा विविध कार्यक्रम

समाधान संवाददाता २०८० फागुन २० गते १३:४१

पोखरा ।
स्टेप बाई स्टेप मावि पोखरामा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भएको छ । वर्षभरि भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र २०७९ मा कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।


कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता कमेडी पनि प्रस्तुत गरेका थिए । सो अवसरमा कक्षा २ देखि १२ सम्मका विद्यार्थीद्वारा तयार पारिएका विभिन्न शैक्षिक सामग्रीसमेत प्रदर्शन गरिएको छ । विद्यार्थीले पुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्न सकून् भनी विद्यालयले शैक्षिक प्रदर्शनी आयोजना गरेको हो ।


विद्यार्थीले रोबोर्ट, केबलकार, सोलार सिस्टम, हाइड्रो पावर, इकोसिस्टम, विभिन्न किसिमका घर, हिमाल, पहाड, विभिन्न साधारण मेसिन बनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु भएको जनाउँदैसचेत, जागरुक र असल अभिभावक भएमा विद्यार्थी असल र जेहेन्दार हुने उल्लेख गरे ।

Advertisement


पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले स्टेप बाइ स्टेप वडाको उत्कृष्ट संस्थागत विद्यालय भएको जनाए । विद्यालयका संस्थापक/प्रधानाध्यापक निर्मला बरालले गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम र योग्य नागरिक निर्माणमा आपूmहरूले कुनै कसर बाँकी नराखेको सुनाइन् ।


विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले गुणस्तरीय शिक्षा प्रदान गर्नु आफ्नो मूल उद्देश्य रहेको उल्लेख गगरे । कार्यक्रममा कार्यालय सञ्चालन तथा लेखा विषयमा उत्कृष्ट जिपिए ल्याएकोमा उत्कृष्ट शिक्षकका रूपमा विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरीलाई सम्मान गरिएको छ ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममासहायक प्रधानाध्यापक दीपक गिरी, विद्यार्थीहरू राशिका श्रेष्ठ र अस्मिता मगर, पूर्व जिल्ला शिक्षा अधिकारी रमेश पौडेल, समाजसेवी टेकनाथ आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य रामचन्द्र उपाध्याय, समाजसेवी गोपाल बराल, नारायण बराल, रविराज बराल, कक्षा ११÷१२ संयोजक रघुनाथ वाग्ले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया