यातायात मजदूर संगठनको रक्तदान

समाधान संवाददाता २०८० फागुन २० गते १३:५२

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी पोखराले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ ।


‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयनमा हाम्रोे अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा १५ युनिट रगत संकलन भएको कमिटीका अध्यक्ष रुद्रमान प्रधानले जानकारी दिए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानुभक्त शर्माले पहिलो रक्तदाता भेषराज अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । उनले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि यातायात मजदुरको अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले सवारी नियम र ट्राफिक नियमको पालना गर्न आग्रह गरे । शर्माले यातायात मजदुरको माग सम्बोधन हुने गरी प्रक्रियामा अगाडि बढ्नु पर्ने उल्लेख गरे ।

Advertisement


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव सचिव विष्णुबहादुर पराजुलीले विद्यमान सवारी ऐन यातायात मजदुर मैत्री नभएको आरोप लगाए । उनले सवारी दुर्घटना न्युनीकरणका लागि सडक पूर्वाधारमा सुधार गर्नुपर्ने बताए ।

यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले सवारी दुर्घटना न्युनिकरणको संगठनले यातायात मजदुरलाई सचेतनामूलक अभियान चलाएको जानकारी दिए । उनले संगठनले पोखराको रक्तदान कार्यक्रममा संगठनको नाम जोडिने बताए । उनले मजदुरका हकहितका अलवा संस्थागत रुपमा सामाजिक काम गरेको दाबी गरे ।

Advertisement


कार्यक्रममा संगठनका गण्डकी प्रदेश कमिटीका सचिव बेनीराज थिङ, उपसचिव बालकृष्ण पोखरेल, प्रदेश कमिटी सदस्य हरिबहादुर कार्की, यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटीका अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष कृष्ण बास्तोला, सचिव महेन्द्र पराजुली, संगठनको ट्याक्सी महानगर कमिटी सचिव जितु परियार, पार्दी इकाइ अध्यक्ष सूर्यबहादुर विक, बागलुङ बसपार्क इकाई अध्यक्ष सुमन कार्की लगायतले यातायात क्षेत्रका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया