इन्द्रराज्यल्क्ष्मी माविमा पुरस्कार वितरण

समाधान संवाददाता २०८० फागुन २० गते १३:५५

पोखरा ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविमा वार्षिक खेलकुद कार्यक्रमको पुरस्कार तथा मेडल वितरण कार्यक्रम सम्पन्न भएको छ ।


वार्षिक खेलकुद कार्यक्रममा आधारभूत तहमा तातो आलु, बेलुन फुटाइ,मेमोरी खेल,फुटबल, कुर्सी दौड, चम्चा दौड लगायत खेलकुद भएका थिए । माध्यमिक तहमा अन्तर सदनात्मक छात्र/छात्रा फुटबल, भलिबल,२०० र ४०० मिटर दौड,कुर्सी दौड, टेबलटेनिस, रस्साकस्सी लगायत विविधि खेलकुदमा बिजेतालाई पुरस्कार तथा मेडल आदारभुत तह तर्फ प्रावि (१–५) इन्चार्ज सिर्जना थापा र खेलकुद समिति सदस्य इन्दु खनालले अबिर, टीका मेडल प्रदान गरे ।


माध्यामिक तहतर्फ कार्यक्रमका अध्यक्ष राजकुमार क्षेत्री प्रधानाध्यापक केशवप्रसाद अम्गाई सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी र बलबहादुर श्रेष्ठ, विव्य सदस्य निर्मल थापा, भुवन भट्टराई र खेलकुद समिति संयोजक विशाल नेपालीले टीका मेडल प्रमाणपत्र प्रदान गरे ।

Advertisement

शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विशाल नेपाली, सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक गीता शर्मा, प्रमाणपत्र वितरण कार्यक्रमको सहजीकरण खेलकुद समिति सदस्य सन्तोष आचार्यले गरेको विद्यालयकी सूचना अधिकारी सीता पौडेलले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया