भत्कियाे गठबन्धन, एमालेका पदम गिरी मन्त्री बन्ने

समाधान संवाददाता २०८० फागुन २१ गते १०:३५

पाेखरा ।

नेकपा माओवादी र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन टुटेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

बालकोटमा बसेको एमालेको सचिवालयको बैठकले पदम गिरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया