सार्वजनिक जग्गा अतिक्रमण गरे डोजर चलाउँछौं : प्रजिअ पन्त

समाधान संवाददाता २०८० फागुन २९ गते १५:३४

जोमसोम—मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सार्वजनिक जग्गाहरुमा संरचना निर्माण गरे डोजर लगाएर भत्काईने बताएका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिकाले मंगलबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम प्रजिअ पन्तले अनाधिकृत रुपमा सार्वजनिक सम्पतीको दोहन गर्न नपाईने बताएका हुन् ।
सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको प्रजिअ पन्तको भनाई छ ।उनले सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार संविधान र ऐन नियममा उल्लेख भएकाले पालिकाले आफ्नै अगाडी सार्वजनिक जग्गा अतिक्रमण भईरहेको टुलुटुलु हेर्न नमिल्ने दावी गरे ।‘अख्तियार र विभिन्न निकायहरुमा यहाँ जग्गा अतिक्रमण भएको र सार्वजनिक जग्गामा संरचना निर्माण भईरहेको पत्र आईरहेको छ,’प्रजिअ पन्तले भने,‘ अब हिजोको जस्तो मनलाग्दी छुट कसैलाई छैन,अब त्यस्ता सूचना प्राप्त हुनसाथ हामी त्यसलाई नियन्त्रणम लिएर छाड्छौं ।’
प्रजिअ पन्तले सार्वजनिक जग्गा हिनामिना गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।‘हामीले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएका कतिपय ठाउँमा रोकिसकेका छौं ,’प्रजिअ पन्तले भने,‘ वारागुङ मुक्तिक्षेत्रको एक्लेभट्टी र स्याङ खोला पुल नजिक बनाएर घरलाई बनाउन दिएका छैनौं ,यदी फेरी अटेरी गरेर बनाए भत्काईदिनेछौं ।’
२०३२ सालमा मुस्ताङमा १ दशमलव ९ प्रतिशत जग्गा मात्र नापी भएको हो । मुखिया प्रणाली रहेको मुस्ताङमा विगतमा मुखियाले अन्धाधुन्द सार्वजनिक जग्गा भर्पाई गरेर वितरण गर्दा मुस्ताङमा भूमी सम्वन्धि समस्या ज्यूँका त्यूँ छ । २०३२ सालपछि मुस्ताङमा नापी नहुँदा यहाँ सार्वजनिक जग्गा अतिक्रमण बढेको हो । संघीयतापछि स्थानीय तहहरुले समेत सार्वजनिक जग्गाको संरक्षण गर्न सकेका छैनन् ।
प्रजिअ पन्तले हिजोको अवस्थामा सार्वजनिक जग्गामा बनिसकेका घरहरु के गर्ने भन्ने बिषयमा आफुहरु छलफलमै केन्द्रित रहेको र अब पनि कसैले सार्वजनिक जग्गामा संरचना बनाएर डोजर लगाएर भत्काईने छ ।
नागरिक सुनुवाई बोल्दै मुस्ताङका प्रजिअ पन्तले घरपझोङ गाउँपालिका—५ मा अवस्थित पर्यटकीय गन्तव्य ढुम्बातालाई पालिकाको स्वामित्वमा ल्याउनु पर्नेमा जोड दिए । ढुम्बाताले स्थानीय नागरिकको आर्यआर्जनको श्रोत बनाईरहेको उल्लेख गर्दै प्रजिअ पन्तले ढुम्बाताललाई कुनै अमुक व्यक्ति विेशेषले आयआर्जनको श्रोत बनाईरहेको र त्यस्ता सार्वजनिक पर्यटकीय गन्तव्यलाई पालिकाले किन ल्याउन डराईरहेको छ भनी प्रश्न गरे । उनले पालिका भित्रको संम्पतीको रक्षा र संरक्षण गर्ने दायित्व भएकाले आर्थिक राजश्व वृद्धि तथा पर्यटन प्रर्वद्धनमा थप टेवा पू¥याउन पालिकाको भूमिका महत्वपूर्ण हुँने उल्लेख गरे ।

यस्तै, मुस्ताङ जिल्ला राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा सूचिकृत भईसकेकाले यहाँका बाटोघाटो,सरसफाई,पर्यावणीय सुन्दरता र यातायात सवारी व्यवस्थापनमा स्थानीय तहले सृजनात्मक भूमिका खेल्न सुझाए । मुस्ताङको मुटु जोमसोम बजारमा अव्यवस्थित सवारी पार्किङले राम्रो सन्देश प्रवाह गर्न नसकेको उल्लेख गर्दै प्रजिअ पन्तले सवारी पार्किङले व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।जोमसोम र एयरपार्टमा बसपार्क संञ्चालनको तयारीमा छन्,अब बसको समुचित प्रयोग हुनुपर्छ,’प्रजिअ पन्तले भने,‘ यदी होटलको अगाडी बाटो ढाकिने गरी सवारी रोक्न पाईदैन,झर्न र उत्रिनका लागि ५—१० मिनेट मात्र दिन्छौं ।’


प्रजिअ पन्तले व्यवस्थित र आर्कषक गाउँपालिका बनाउ सवारी व्यवस्थापन र सरसफाई ध्यान दिनुपर्ने बताए ।‘होटलमा पार्किङ छ भने राख्नुस कुनै आपत्ति छैन, नभएमा बसपार्क लगरे राख्नुस ’उनले व्यवसायीलाई भने ।’

Advertisement

तपाईको प्रतिक्रिया