४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गरिने

समाधान संवाददाता २०८० चैत २ गते १४:१४

पोखरा ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने भएका छन् । उक्त घोषणा कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत निम्त्याइएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।


चैत ४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने दिन बृहत् झाँकीसहितको र्‍यालीसमेत निकालिने भएको छ । घोषणा समारोहमा सहभागिताका लागि विभिन्न देशका राजदूतलाई पनि पोखरा निम्तो गरिएको छ ।


पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशका विभिन्न पालिकाहरुसमेत समर्थन जनाएको छ । उक्त कार्यक्रममा ती पालिकाहरुले पनि सहभागिता जनाउने भएका छन् ।

Advertisement

यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारीस्वरुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको थियो । पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुपर्ने बताउँदै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया