मुस्ताङमा मनाईयो विश्व उपभोक्ता अधिकार दिवस

जोमसोम— हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । दिवसको अवसरमा शुक्रबार मुस्ताङ सदरमुकाम जोमसोम बजारमा ब्यानर र प्लेकार्डसहित प्रभातफेरी गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आयोजनामा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ नारासहित अधिकार दिवस मनाईएको हो । दिवसमा जिल्ला प्रशासन कार्यालयले सहकार्य गरेको थियो । दिवसमा मुस्ताङ अस्पताल, स्वास्थ्य कार्यालय,सुरक्षा निकाय,पूर्वाधार विकास कार्यालय,जनहित माध्यमिक विद्यालय,घरपझोङ गाउँपालिका ,पत्रकार र विद्यार्थीहरुले उपस्थित जनाएका थिए ।
दिवसको अवसरमा जनहित माध्यमिक विद्यालय जोमसोमको हातामा आयोजित विद्यार्थी सचेतना कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद पौडेलले उपभोक्ता अधिकार दिवस संम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी मुस्ताङका सहायक प्रजिअ रामप्रसाद सुवेदीले उपभोक्ता अधिकार र वस्तु तथा सेवा प्रवाहका बिषयमा विद्यार्थीहरुलाई सचेतना कक्षा संञ्चालन गरेका थिए ।
सहायक प्रजिअ सुवेदीले सेवा प्रदायक संस्था र सेवाग्राहीले उपभोक्ता अधिकारलाई आत्मसाथ गर्नुपर्ने बताए ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया