ज्येष्ठ नागरिकले खेले खेल

समाधान संवाददाता २०८० चैत ५ गते ११:४२

पोखरा ।
घुमफिर, मनोरञ्जन र धार्मिक कार्यमा संलग्न हुन पाउँदा आनन्द लाग्ने गरेको एक कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुले बताएका छन् । ज्येष्ठ नागरिक मैत्री खेलकुद प्रतियोगिताका सहभागीले यस्तो बताएका हुन् ।


ज्येष्ठ नागरिक मञ्च पोखरा १७ द्वारा आयोजित एवं महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको म्युजिकल चियर महिलातर्फ सारदा पराजुली, भविमाया परियार र बसन्धरा शर्मा क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । पुरुषतर्पm डण्डपाणि भण्डारी, टोपराज ढुंगाना र टुकप्रसाद पौडेल क्रमशः प्रथम द्धितीय र तृतीय ठहरिए ।


चम्चादौडमा गंगा थापा, विष्णु भट्टराई र कृष्णप्रसाद पौडेल, कपहेडमा दण्डपाणि भण्डारी, कृष्णप्रसाद पौडेल र ज्ञानु सुवेदी तथा घैटो फोर्ने प्रतियोगितामा महाप्रसाद सुवेदी, शान्तिमाया मानन्धर र सावित्री खवास प्रथम, द्वितीय र तृतीय भई पुरस्कृत भएका थिए । विजयी खेलाडीलाई तीन हजार, दुई हजार र एक हजार नगदसहितसम्मान गरिएको छ ।

Advertisement


पुरस्कार वितरण गर्दै पोखरा १७ का कार्यवाहक वडाध्यक्ष विक्रम गुरुङले खेलकुदमार्फत समाजका ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने प्रयास गरेको बताए । ज्येष्ठ नागरिक मञ्च १७ का अध्यक्ष टोपराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णुमाया थापा, सञ्चारकर्मी हरि बास्तोला, महाप्रसाद सुवेदी, शिशु निकेतन माविका प्राचार्य नरेन थापा, पूर्वशिक्षक ध्रुव अधिकारी, धर्मराज तिमिल्सिना, मञ्चका उपाध्यक्ष विष्णुमाया बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया