पोखराकाे साँघुमुख पार्कमा सन्ध्याकालीन महोत्सवको हुने

समाधान संवाददाता २०८० चैत ८ गते १०:५८

पोखरा ।
पोखरा ९ साँघुमुख पोखराको पुरानो ऐतिहासिक स्थान हो । सोही स्थानमा चैत १० गते सन्ध्याकालीन महोत्सवको आयोजना हुने भएको छ । साँधुमुख पार्क एवं सन्ध्याकालीन बजार व्यवस्थापन समितिको आयोजनामा पहिलोपटक सन्ध्याकालीन महोत्सव हुन लागेको समितिका अध्यक्ष अध्यक्ष रामहरि पौडेलले जानकारी दिए ।


महोत्सवमा अर्गानिक तरकारी फलफूल एवं रैथाने फूड स्टलहरू राखिने जनाइएको छ । शनिबार दिउँसो १२ बजेबाट साँझ ८ बजेसम्म सन्ध्याकालीन महोत्सवको हुनेछ । महोत्सवमा वडाध्यक्ष दीपेन्द्र मस्र्यानीले उद्घाटन गर्ने कार्यतालिका छ । एक दिने यो महोत्सवमा स्थानीय प्रकृतिका २० वटा स्टलहरु रहनेछन् भने यहाँ २० वटा तरकारी/फलफूलका स्टल स्थायी रुपमै छन् ।


समितिका अध्यक्ष पौडेलका अनुसार पर्यटकीय राजधानी पोखरामा थप एउटा नयाँ महोत्सवका रुपमा साँघु महोत्सव हुनेछ । उनले साँधुमुख महेन्द्रपुल क्षेत्रमा पर्यटकहरुको चहल पहल गराइ त्यस क्षेत्रको आर्थिक अवस्था सुधार गर्ने रहेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया