प्रदेश बास्केटबल संघमा धोजकुमार सर्वसम्मत

समाधान संवाददाता २०८० चैत ८ गते ११:२५

पोखरा ।
गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोजकुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यसअघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् ।


यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतीश राई सचिवमा तथा कोषाध्यक्षमा दिलीप गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, सौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले जानकारी दिएका छन् ।


नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिँदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गरे ।

Advertisement


प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई सुशासनतर्फ अघि बढाउन परिषदले विगत ६ महिनायता भरमग्दुर प्रयासहरु जारी राखेको बताउँदै खेलसंघहरुमा सुशासनको अवस्था बलियो नवने सम्म खेलकुदको विकासमा बाधा पुग्ने उल्लेख गरे ।


कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायणप्रसाद शर्माले आफ्ना भनाइ राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया