आदर्श र एलसी ब्रदर्स भिड्ने

समाधान संवाददाता २०८० चैत ९ गते १३:१५

लेखनाथ।
कास्कीको लेखनाथमा जारी सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भएको खेल महोत्सवमा आदर्श युवा क्लब लेखनाथ र एलसी बदर्श लामाचौर उपाधिका लागि भिड्ने भएका छन् ।


खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुदको संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धनमा सहयोग गर्न खेल महोत्सव आयोजना गरिएको हो । चैत ३ गतेदेखि पोखरा २९ को प्रस्तावित भण्डारढिक रंगशालामा जारी महोत्सवको छैटौं दिन बिहीबार अन्तिम सेमीफाइनल खेलमा आदर्श युवा क्लब र साहारा क्लबबिच भएको खेलमा आदर्श १ गोल गर्दै फाइनल पुगेको हो ।


आदर्शको तर्फबाट विकास परियारले दोस्रो हाफको अन्तिम समयमा निर्णायक गोल गरे । बुधबार भएको दोस्रो सेमीफाइनलमा आरएस विच फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै एलसी बदस्र्र लामाचौर फाइनलमा प्रबेश गरेको थियो ।
शनिबार दिनको १ बजे फाइनल खेल हुनेछ । विजेता टिमले नगद ३ लाख ३ हजार ३ सय ३३ र उपविजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

Advertisement


खेल महोत्सवमा विभिन्न ८ विधाका प्रतियोगिता समावेस गरिएकोमा बिहीबारदेखि सुरु भएको जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने समूहले ३३ हजार, दोस्रो हुनेले २२ हजार, तेस्रो हुनेले ११ हजार र सान्त्वनाले पाँच हजार पुरस्कार पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया