सेमिफाइनल समीकरण सकियो

समाधान संवाददाता २०८० चैत ९ गते १३:१७

पोखरा ।
पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।


बिहीबार भएको क्वाटर फाइनल खेलमा जित निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे । अब उक्त सेमिफाइनलका खेल शुक्रबार हुने खेल संयोजक विषम पहारीले जानकारी दिए ।


पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलोबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड नीलोलाई ६–० गोलले पराजित गर्‍यो ।

Advertisement


एनए लेकसाइडको जितमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने । दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन मेमोरियललाई ४–१ गोलले पराजित गर्‍यो । गार्डेन ‘ए’ को जीतमा उत्कृष्ट प्रर्दशन गरेका बिनोद गुरुङ म्यान अफ द म्याच बने ।


तेस्रो क्वाटरफाइनल खेलमा लेकसाइड पहेंलोले एट टु नाइनलाई ३–० गोेलले पराजित ग¥यो । लेकसाइड पहेंलोको जितमा उत्कृष्ट प्रर्दशन गरेका गोविन्द थापा म्यान अफ द म्याच बने ।

Advertisement


पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशलि बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको संयुक्त आयोजनामा बुधबारदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।


सो प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।


विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद ५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्ने छन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा १४ टिम सहभागी छन् ।

तपाईको प्रतिक्रिया