गण्डकी प्रदेश भलिबल संघको प्रथम साधरण सभा भोलि

समाधान संवाददाता २०८० चैत १३ गते १३:४२

पोखरा ।
गण्डकी प्रदेश भलिबल संघको प्रथम साधरण सभा बुधबार हुने भएको छ । पोखरा रंगशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङको प्रमुख आतिथ्यतामा संघको प्रथम साधरण सभा हुुन लागेको संघका अध्यक्ष नवीनकुमार गुरुङले जानकारी दिए । उनका अनुसार बेलुका ५ बजेदेखि प्रथम साधरण सभा सुरु हुन्छ । प्रथम साधरण सभाको अवसरमा संघले पुरुष खेलाडीहरुलाई सम्मान गर्ने कार्यतालिका रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।


०७९ असारमा स्थापना यो संघले गण्डकी प्रदेशका ११ वटै जिल्लामा समितिहरु गठन गरेको छ । संघमा हाल अध्यक्षमा गुरुङ, उपाध्यक्षमा पर्वतका हरिबहादुर श्रेष्ठ, महासचिवमा टहलसिंह थापामगर, कोषाध्यक्षमा जीवन भण्डारी र सचिवमा सोमबहादुर पोबी(यामु) रहेका छन् ।


कार्यकाल चारवर्षको रहेपनि यो समितिले प्रथम साधरण स्थापना भएको एक वर्षभित्रै गर्न लागेको हो । स्थापना कालदेखि प्रथम अधिवेशनमा आइपुग्दा प्रमुख अतिथि भने एउटै छन् । अघि पनि प्रदेश भलिबल संघ गठन समारोहमा तत्कालीन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया