लायन्स क्लब लेखनाथको नयाँ समिति

समाधान संवाददाता २०८० चैत १४ गते १३:१०

लेखनाथ ।
लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको छ । लायन्सको विधि विधान अनुसार तिन महिना अगाडी नै नयाँ समिति चयन गर्नुपर्ने नियम अनुसार विस २०८१ को असारबाट लागु हुने गरी पूर्वप्रहरी तथा व्यावसायिक कृष्ण तिमिल्सेनाको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको हो ।


निर्वाचन प्रक्रियाबाट छनोट भएको समितिको प्रथम उपाध्यक्ष डा.गृष्म मोहन भट्टराई, द्वितीय उपाध्यक्षमा बोधराज लामिछाने, तृतीय उपाध्यक्ष डम्बरूबल्लभ चापागाई छन् ।

अन्य पदमा भएका लागि मनोनित गरिएको थियो जसको सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा भुवन श्रेष्ठ, सह–सचिवमा केदार लामिछाने, सह–कोषाध्यक्ष सुन्दरप्रसाद ढकाल, मेम्बरसिप चियरपर्सनमा डा. प्रकाश भट्टराई, सर्भिस चियरपर्सनमा चिरञ्जीवी तिवारी, मार्केटिङ चियरपर्सनमा विष्णुबहादुर सुनार र एलसिआई एफ चियरपर्सनमा ओम प्रकाश पौडेल रहेको पूर्व अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले जानकारी दिएका छन् ।

Advertisement

वर्ष २०२३/२४ का अध्यक्ष रमनाथ पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले आफना भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया