लायन्स क्लब अफ सहमी पोखरा राईजिङ स्टारद्धारा आँखा सिविर

समाधान संवाददाता २०८० चैत १४ गते १५:१३

पोखरा ।
लायन्स क्लब अफ सहमी पोखरा राईजिङ स्टारको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ चण्डीकालिकाको स्वास्थ्य चौकीमा निशुल्क आँखा सिविर गरिएको छ ।

हिमालय आँखा अस्पताल पोखराको सहयोगमा मंगलबार निशुल्क आँखा सिविर गरिएको क्लबका अध्यक्ष केशव ढकालले जानकारी दिए ।


गण्डकी प्रदेश सभाको सदस्य तथा सार्वजनिक लेखा समितिका सदस्य सुधीरकुमार पौडेलको प्रमुख आतिथ्यतामा आँखा सिविर गरिएको उनले सुनाए । मंगलबार एक दिन लागि गरिएको आँखा सिविरमा ३ सय ३० जनाले आँखाको चेक जाँच गराएको क्लबका अध्यक्ष ढकालले जानकारी दिए ।

Advertisement

उनका अनुसार शिविरमा उपस्थित भई आँखा चेक गराउने मध्ये ७० जनालाई निशुल्क चस्मा, १४ जनालाई औषधी र १ जनालाई मोतिविन्दको शल्यक्रियाका लागी सिफारिस गरिएको छ । कार्यक्रम सञ्चालन क्लबका सचिव टंक लाल गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया