एमाले कास्कीमा बैनबहादुर क्षेत्रीको अग्रता

समाधान संवाददाता २०८० चैत १४ गते १७:१९

पोखरा ।
नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । विद्युतीय माध्यबाट गरिएको मतदानमा हालसम्म ५ वटा मेसिनको मतगणना भइसकेको छ । जसमा बैनबहादुर क्षेत्रीले अग्रता लिएका छन् । भने स्वतन्त्र अध्यक्षमा उमेद्वार विवेक त्रिपाठीले ९ मत प्राप्त गरेका छन् ।


निर्वाचन मण्डलले जारी गरेको परिणाममा हालसम्म क्षेत्रीले १ सय ७९ मत ल्याएका छन् । भने निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले १ सय ९ भोट ल्याएका छन् । सचिवमा पनि क्षेत्री प्यानलकै दर्शन लामाले अग्रता लिएका छन् । लामाले २ सय ४ मतका साथ अग्र स्थानमा रहेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सुरेन्द्र गुरुले ९३ मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया