त्रिशुली नदीमा ट्याक्सी खस्यो

बाबुको दाहसंस्कार गरेर काठमाडौंबाट गोरखा फर्किँदै गरेको परिवारका ५ जनाको मृत्यु

समाधान संवाददाता २०८० चैत १७ गते ११:२४

काठमाडौं ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज शनिबार बिहान ७ बजे चितनवको मुग्लिन पुग्न लाग्दा त्रिशुली नदीमा खसेर दुर्घटना भयो।

त्रिशुलीमा खसेकाे ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यकाे दाहसंस्कार गरी फर्किँदै गरेकाे खुलेको छ । क्यान्सर राेगले मृत्यु भएका शंकर राेकाकाे दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेकाे ट्याक्सी त्रिशुलीमा खसेकाे हाे ।

Advertisement

बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो।

ट्याक्सीको ९० प्रतिशतभन्दा बढी भाग नदीमा डुबेको थियो।

Advertisement

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा-७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र नौ वर्षका बालक आगमन नगरकोटी छन् ।

हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरकाे दाहसंस्कार गरिएकाे थियाे ।
ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।

हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

तपाईको प्रतिक्रिया