पोखराको अर्चलेमा ठडियो बस, चालक र सहचालक घाइते

समाधान संवाददाता २०८० चैत १७ गते ११:४५

पोखरा ।

पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर लेखनाथतिर फर्किँदै गरेको ग१ख ८६८० नम्बरको बस बिहान १० बजेतिर अर्चलेमा दुर्घना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

गुड्दा गुड्दैको बस दुर्घटना भई बिच सडकमै ठाडो भएर उभिएको जस्तो भएको छ । दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी पनि प्रहरी निरीक्षक रानाले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया