निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका आशिष प्रथम

समाधान संवाददाता २०८० चैत १८ गते १२:४७

पोखरा ।
ग्लोबल मनी विक २०२४ को अवसरमा आयोजित निबन्ध प्रतियोगितामा मदरल्याण्ड माध्यमिक विद्यालयका आशिष अधिकारी प्रथम भएका छन् ।


नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले ग्लोबल मनी विक–२०२४ को अवसरमा गत १० गते प्रतियोगिता आयोजना गरेको थियो ।
गण्डकी बोर्डिङ्ग स्कुलका ऋजु गुरुङ दोस्रो र सैनिक आवसीय महाविद्यालयका भुपतिन्द्र बाँनियाले तृतीय भएका छन् ।


प्रतियोगितामा जिल्लाभित्रका १० वटा विद्यालयबाट कक्षा ११ र १२ का १७ जना विद्यार्थीको सहभागिता थियो ।
बिजेतालाई बैंकको वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिने बैंकले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया