पश्चिमाञ्चल माविमा बिदाइ

समाधान संवाददाता २०८० चैत १८ गते १२:५६

पोखरा ।
गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई शनिबार बिदाई गरेको छ । कक्षा ११ का विद्यार्थीको संयोजनमा बिदाई आयोजना गरिएको हो ।


बिदाई कार्यक्रममा बोल्दै विद्यालयका दशजोड दुइका संयोजक देव क्षेत्रीले वार्षिक परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले थप मेहनत गर्नुपर्ने बताए । उनले भविश्य उज्जवल बनाउन मेहनतको विकल्प नरहेको बताए ।


विद्यालयका प्राचार्य सरोज कोइरालाले थप मेहनत गरेर अध्ययन गरेमा भविश्य उज्जवल हुने भएकोले अबको एकमहिना पढाईमा थप मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए । वैशाखको मध्यदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएकोले त्यही अनुसार तयारी गर्न पनि उनको सुझाव थियो ।

Advertisement


पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले २ वर्षको अध्ययनपछि विद्यार्थी बिदाई भएपनि यो सधैंका लागि बिदाई नभएको बताए । उनले विद्यालयसँगको सम्बन्ध सधैंभरका लागि रहिरहने पनि बताए । फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुली, सञ्चालक डा, कपिल अधिकारी, सहायक प्राचार्य मीनु श्रेष्ठ कुँवर, अतिरिक्त क्रियाकलाप संयोजक आत्मराम अधिकारी, सिनियर इन्चार्ज विजयराज अधिकारी र कक्षा ११ का विद्यार्थीले पनि बिदाई भई जाने विद्यार्थीलाई सफलताको शुभकामना दिएका थिए ।


पश्चिमाञ्चल माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुन्छ । त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया