रूपा गाउँपालिकामा रास्वपाको संगठन विस्तार

समाधान संवाददाता २०८० चैत १८ गते १६:०८

पोखरा ।
रुपा गाउँपालिका वडा नम्बर ५, मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला सम्पन्न भएको छ । भेलाले ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक मामिला विभागका केन्द्रीय सदस्य उत्तमप्रसाद पौडेल, गण्डकी प्रदेश प्रशिक्षण विभागका प्रमुख डा. तुलसीराम खनाल लगायतको उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।


भेलामा शुभकामना दिँदै पार्टीका सांगठनिक गतिविधिबारे उत्तम प्रसाद पौडेलले जानकारी गराएका थिए । प्रशिक्षण विभागबाट आगामी दिनमा सञ्चालन हुने कार्यक्रमबारे डा. खनालले प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया