एमाले कास्कीको पदस्थापना २३ गते

समाधान संवाददाता २०८० चैत १९ गते १०:४७

पोखरा ।
एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन उद्घाटनदेखि निर्वाचन र सपथ सकिन १३ दिन लाग्ने भएको छ । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको पद तथा गोपनियताको सपथ चैत २३ गते शुक्रबार हुने अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।


अधिवेशन १० गते उद्घाटन र नयाँ नेतृत्वका लागि चैत १३ र १४ गते निर्वाचन भएको थियो । निर्वाचन भएको ९ दिनपछि सपथको मिति तय गरिएको छ । उद्घाटन समारोहमा सहभागी नभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सपथ समारोहमा आउने भएका छन् ।

एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुन लागेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया