लिटिल स्टेपमा विदाइ र शुभकामना

समाधान संवाददाता २०८० चैत १९ गते ११:२१

पोखरा ।
लिटिल स्टेप विद्यालयबाट कक्षा १२ पढेका विद्यार्थीलाई विद्यालयले विदाइ गरेको छ । विद्यालयले उनीहरुलाई उज्ज्वल भविष्यका लागि शुभकामना पनि प्रदान गर्‍यो ।


व्यवस्थापन, होटल व्यवस्थापन तथा विज्ञान संकायका ८१ जना विद्यार्थीलाई आइतबार आयोजित कार्यक्रममा विदाइ तथा शुभकामना प्रदान गरिएको हो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।


विद्यालयका संस्थापक शेरबहादुर गुरुङको विशेष उपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व कक्षा ११ की छात्रा मोनिका गुरुङले गरेकी थिइन् । संस्थापक प्राचार्य पम्फा गुरुङले यस अवसरमा विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामनासहित उच्च शिक्षाका लागि विदेश पलायन नभई पोखरामा नै अन्तर्राष्ट्रिय स्तरको स्नातक तहमा पोखरा लिकंन इन्टरनेसनल कलेजमा भर्नाका लागि समेत आग्रह गरिन् ।

Advertisement


कार्यक्रममा संस्थाका प्रमुख शैक्षिक अधिकारी (सिएओ) अनिलकुमार अर्यालले शुभकामना दिँदै स्नातक तह सम्बन्धी जानकारी दिए । कार्यक्रममा विद्यालय संयोजक विनोद गिरीले विदाई तथा शुभकामना मन्तव्य व्यक्त गरे ।


सम्पूर्ण विद्यार्थीलाई मायाको चिनो स्वरुप कलम प्रदान गरिएको कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा १२ का छात्र मनीष बसौला तथा छात्रा पूर्णिमा शर्माले विद्यालय परिवार तथा कक्षा ११ का विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कक्षा ११ की छात्राद्वय आकृति सिके तथा युनिसा गुरुङले कार्यक्रमको उद्घोषण गर्नुका साथै कक्षा १२ का अग्रजहरुलाई उज्ज्वल भविष्यको कामना गरे ।

Advertisement

तपाईको प्रतिक्रिया