लक्ष्मी माविमा भूपू विद्यार्थी एसोसियसन गठन

समाधान संवाददाता २०८० चैत १९ गते १२:४९

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को अर्घौंमा रहेको लक्ष्मी माविमा भूपू विद्यार्थीहरुको भेलाले एसोसिएसनलाई पुनर्गठन गरेको छ । एसोसिएन गठन भएर पनि सुसुप्त अवस्थामा रहेको र समितिका केही सदस्यहरु बाहिरी रहेकाले समितिलाई पूर्णता दिनका लागि सस्थापक तदर्थ समितिका संयोजक गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।


विद्यालयका प्रधानाध्याक जगनाथ अधिकारीको अध्यक्षतामा भएको भेलाले समितिलाई सक्रिय बनाउँदै २०४८ सालदेखिका भूपू विद्यार्थीहरुलाई समेट्ने गरी समितिलाई पूर्णता दिएको हो ।


नवगठित समितिको सहसंयोजकमा रोहित बराल, सचिवमा गगंधर बराल, कोषाध्यक्षमा सविता बराल र सदस्यहरुमा उदीपराज ढुंगाना, भूपेन्द्र केसी, भीमपाणि बराल, शीतल ढुंगाना र आनन्द बजगाई छन् ।

Advertisement

तपाईको प्रतिक्रिया