ग्रीन बैंकको स्वामित्व परिवर्तनलाई स्वीकृति

समाधान संवाददाता २०८० चैत २० गते ११:२३

पोखरा ।
ग्रीन डेभलपमेन्ट बैंकले सेयर स्वामित्व परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट चैत ७ मा स्वीकृति प्राप्त भएको जनाएको छ ।

बैंकले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व संरचना बदल्न लागेको हो । सेयर संरचना परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता सेयर कायम हुने बैंकले जनाएको छ ।


सेयर संरचना प्रस्ताव चैत २७ मा हुने दसौं वार्षिक साधारणसभाबाट पारित गराइने बैंकले बताएको छ । बैंकले साधारणसभामार्फत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ ।

Advertisement


यस वर्ष बैंकले गत वर्षको नाफबाट हाल कायम चुक्ता पुँजी ५१ करोड ९० लाखको आधारमा ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रस्ताव प्रक्रियामा जाने भए त्यसको सबै जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि साधारणसभाले गर्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया