गण्डकीकाे मुख्यमन्त्री एमालेले पाउने सहमति

समाधान संवाददाता २०८० चैत २० गते १६:४२

पाेखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको स्रोतले बताएको छ ।

Advertisement

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संघमा परिवर्तित राजनीतिक समीकरणपछि गत फागुन २३ गते मुख्यमन्त्री पाण्डेलाई लाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया