राजीनामा बुझाएपछि पाण्डेले भने—धारा २ अनुसार नै सरकार गठन पहल गर्छु

समाधान संवाददाता २०८० चैत २१ गते ११:५२

पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका छन् । प्रदेश प्रमुख निवास पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा बुझाएका हुन ।

https://fb.watch/rcJA8fvkNO/

राजीनामा बुझाएपछि पाण्डेले पुन धारा २ अनुसार नै आफू नेतृत्वको सरकार गठन गर्न पहल गर्ने बताएका छन् । ‘तपाईंहरुलाई थाहा छ । संसदमा कांग्रेस सबैभन्दा ठूलो दल हो । अहिले सरकार बन्न राप्रपा निर्णय देखिन्छ । राप्रपाले २७ गतेसम्म आन्दोलनमा जाने भनेको छ । त्यसबेलासम्म कसैको सरकार बन्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘संसदको ठूलो दलको हिसाबले पुन संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न पहल गर्छु ।’

Advertisement

तपाईको प्रतिक्रिया